हिंसा र उत्पीडनबाट मुक्त कार्यस्थलको वाचा गर्ने सी१९०हिंसा र उत्पीडन सम्बन्धि महासन्धि को घोषणा आषाढ ६, २०७६ मा आईएलओको शताब्दि महोत्सवको  दौरानमा भएको हो।  .

कोभीड-१९ मा पनि हामीले जीवन बिताउन पर्नेछ भनेर थाहा नहुने अवस्थामा, यस महासन्धिको घोषणा गरिएको थियो-  हाम्रो कार्यस्थललाई गम्भिर असर पार्ने यो एउटा स्वास्थ्य एवं आर्थिक संकट हो । कार्यस्थलमा पहिले देखि रहिआएको विभेद एवं हिंसालाई, यस महामारीले अझै बढाएको छ। अनौपचारीक क्षेत्र एवं आप्रवासी कामदारहरुमध्येका सीमान्तकृत, अल्पमतमा परेका लगायत जोखिम उन्मुख समूहहरुले, यस भाईरसको कारणले गर्दा असमानुपातिक असरहरु भोगीरहेका छन्। त्यसैले यो समावेशी महासन्धि, श्रमिकहरुको अधिकार संरक्षण गर्नको निम्ति एउटा महत्वपूर्ण आधार बनेको छ। 

आईएलओ महासन्धि १९० ले कार्यस्थलमा समस्त श्रमिकहरुसँग सम्बन्धित लैङ्गिक हिंसा लगायत अन्य हिंसा एवं उत्पीडनलाई सम्बोधन गर्छ। 

संकटको दौरानमा र पछि पनि, श्रमिकहरुसँग सम्बन्धित लैङ्गिक हिंसा लगायत अन्य हिंसा र उत्पीडन बिरुद्धको अधिकारहरुलाई संरक्षण एवं प्रवर्धन गर्ने एउटा आधार महासन्धि १९० हो।

महासन्धि १९० सबै क्षेत्रहरुमा लागु हुन्छ, चाहे नीजि होस् वा सार्वजनिक, औपचारीक र अनौपचारीक अर्थतन्त्र, र शहरी होस् वा ग्रामीण क्षेत्र। (धारा २)

यति भन्दै गर्दा, औपचारीक अर्थतन्त्र, कठीन कार्य, र विशेष गरी यातायात जस्तो पुरुष हावी भएको क्षेत्रहरुमा, लैङ्गिक विभाजनबाट संचालित भूमिकाहरुमा अत्याधिक प्रतिनिधित्व गरेका महिला मजदुरहरुले, महामारीको अन्य विशेष असरहरु भोगीरहेका छन्। उनीहरु प्राय अग्रपङ्क्तिमा रही, टीकट बिक्रेता, क्याबीन क्रयू, सफाकर्मी, खलासी र विमानस्थलका कामदारहरु जस्ता ग्राहकको सम्पर्कमा आउनुपर्ने भूमिका निर्वाह गरीरहेका छन्। यस कारणले उनीहरु महामारीको दौरानमा थप हिंसा, लगायत स्वास्थ्य र आर्थिक असरहरुको जोखिममा छन्। 

कार्यस्थलमा हिंसा र उत्पीडन

 घरेलु हिंसाका घटनाहरु र तिनको प्रतिवेदनमा विश्वव्यापी रुपमा वृद्धि भएको छ। यस्तो हुनुको एउटा कारण भनेको, विभिन्न देशहरु पूर्ण बन्दाबन्दीमा हुनाले/भइरहनाले रातारात भौतिक कार्यस्थलमा आएको परिवर्तन हो, जसको कारणले थुप्रै पीडितहरु पीडकसँग आफ्ना घरहरुमा एक्लो बनेर बस्नु परेको छ।

महामारीको कारणले घरेलु हिंसामा भएको अत्याधिक वृद्धिलाई सम्बोधन गर्दै, डीभी@वर्क नेटवर्क (कार्यस्थलमा हुने घरेलु हिंसा सम्बन्धि संजाल) की बार्ब मेक्वाएरी भन्नुहुन्छ ‘ महामारीको सन्दर्भभन्दा बाहेक पनि आईसोलेसन (एक्लो बनाउने) एउटा घरेलु हिंसा गर्नेहरुद्धारा स्थापित रणनीति हो

भारतको यातायात संगठनले नेतृत्व गरेको, १४,५६१ व्यक्तिहरुले घरेलु हिंसा सम्बन्धि उनिहरुको व्यक्तिगत अनुभवहरु समेट्ने  एउटा राष्ट्रिय अध्ययन अनुसार ‘ मेरो कार्यस्थल मात्र एउटा यस्तो स्थान थियो जसले मलाई सध्य राखेको थियो र मैले घरमा घरेलु हिंसा भोगिरहेको बेलामा त्यसको सामना गर्न मद्दत गरेको थियो।भन्ने जस्तो प्रतिक्रिया सबैभन्दा जोडदार रुपले आएको थियो।  

आईएलओ महासन्धि १९० ले घरेलु हिंसालाई कार्यस्थलको मु्द्दा भनेर पहिचान गरेको छ, र रोजगारदाता, सरकार एवं संगठनहरुले उपयुक्त उपायहरु अपनाएर कार्यस्थलमा हुने घरेलु हिंसाको असरलाई पहिचान गरी रोकथाम गर्नुपर्छ भनेर भन्दछ (सी १९० प्रस्तावना, धारा १० (च), मुख्य सिद्दान्त सिफारिस, ३(१८)। 

महामारीमा घरेलु हिंसाको जोखिममा परेका कामदारहरुलाई रोजगारदाताहरुले कसरी सहयोग प्रदान गर्न सक्छन् भनेर यहाँ डीभी@वर्क नेटवर्कको (कार्यस्थलमा घरेलु हिंसा बिरुद्धको संजालको) वेबसाईटबाट पढ्नुहोस्। 

कार्यस्थलमा हिंसा बढ्ने खतरा यसै पनि पुरुष हावी भएको क्षेत्रहरुमा महिलाहरुको कम प्रतिनिधित्व थियो र त्यसमाथि, यस महामारीले मजदुरहरुको सहभागीतामा अस्थाई एवं थाई रुपमा ल्याएको कमी, वा सीमाना बन्द भएको कारणले गर्दा अलपत्र परेका लाखौँ मजदुरहरुको कारणले गर्दा कार्यस्थलमा महिलाहरु अझै बढि एक्लो परेका छन् ।

उदाहरणको लागी –  महिलाहरु समेत संलग्न रहेको २००,००० भन्दा बढी समुन्द्रमा काम गर्ने कामदारहरुले आफ्नो कन्ट्र्याक्ट पुरा गरी घर फर्किन चाहाँदै छन्। सरकारले  यात्रा  पारवहनमा  लगाएको प्रतिबन्धहरुले गर्दा ,कोभीड१९ महामारीको बेलामा उनीहरुआफनो घर फर्कन पाइरहेका छैनन्।. संकटको बेलामा एक्लो बनाइने क्रियाकलापले महिलाहरुको कार्यस्थलमा हुने हिंसाको जोखिम बढेको छ। .

शहरी यातायातमा ग्राहकहरुको सम्पर्कमा आई काम गर्ने कामदारहरुले, यी जोखिमहरुको सामना गर्नुको साथै, भाईरससँगको सम्पर्क बढ्ने खतराको सामना गर्नुपर्ने स्थिति  छ। रङ्ग भेद भोगेका महिलाहरु, आप्रवासी महिलाहरु वा अपाङ्गता भएका महिलाहरुका निम्ति केही साझा असरहरु छन्।  रेलवेमा काम गर्ने फरक वर्णकी एक महिलालाई कार्यस्थलमा आफूलाई भाईरस लागेको छ भनेर बताउने एकजना पुरुषले थुक्नाले, ती महिलाको मृत्यु भएको एउटा घातक घटना घट्यो। 

 कार्यस्थलमा काम गर्ने बेलामा, कामसँग सम्बन्धित भएमा वा कामको कारणले उत्पन्न हुने हिंसा र उत्पीडनमा, आईएलओ महासन्धि १९० लागु हुन्छ।  यस अन्तर्गत कार्यस्थलमा आउने र जाने क्रममा र रोजगारदाताले उपलब्ध गराएको बास स्थानमा हुने हिंसा र उत्पीडनहरु पर्दछन्। कामदारहरुले कार्यस्थलमा भोग्ने यस किसिमको  संकटलाई, हिंसा एवं उत्पीडनको खाकामा राखेर सम्बोधन गर्नको निम्ति धारा ३(क), (ङ), (च) ले सहयोग गर्छन्। 

कार्यस्थललाई हरेक दिन पुन: परिभाषित गरिँदै छ। 

सुचना तथा संचार प्रविधिको माध्यमबाट कार्यस्थलसँग सम्बन्धित संचारयो पहिले देखिन नै कार्यस्थलको अङ्ग हो- महामारीको कारणले गर्दा झन बढेको छ। अनलाईन बैठकहरु, डीजीटलाईजेसन/विद्युतीय कार्यलय (ई-अफिस) को माध्यमबाट महामारीको दौरानमा कार्यलय बाहिरबाट काम गर्दा आउने चुनौतीहरुसँग अनुकुलन गर्नको निम्ति, काम गर्ने तरीकामा तीब्र परिवर्तन आएको छ। ईन्टरनेट प्रयोग गरेर तर्साउने (साईबर बुलिइङ्ग) र ट्रोलहरुको प्रयोग गर्नाले, काम गर्ने नयाँ तरिकामा उत्पीडन र हिंसाको जोखिम बढेको छ।   

सी १९० अन्तर्गत कार्यस्थलमा काम गर्ने बेलामा, कामसँग सम्बन्धित भएमा वा कामसँग सम्बन्धित संचार, लगायत सूचना तथा संचार प्रविधिको कारणले उत्पन्न हुने हिंसा र उत्पीडन पर्दछन्। (महासन्धि १९०, धारा ३ घ)    

व्यवसाहिक स्वास्थ्य र सुरक्षा लैङ्गिक विभाजनको प्रकृती रहेको यातायात व्यवसायमा, महिलाहरुले महामारीको बेलामा प्राय अग्रपङ्कतिमा ग्राहकहरुको सम्पर्कमा आई सरसफाई गर्ने भूमिका निर्वाह गरिरहेका हुन्छन्। यसमा संक्रमण र मनोवैज्ञानिक असरहरु पर्नसक्ने उच्च जोखिम हुन्छ।  यस्तो बढ्दो सम्पर्क अनि पर्याप्त एवं उपयुक्त व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को अभाव, र आफूलाई महामारी सम्बन्धि लागेको चिन्ता, कार्यस्थलमा हुने घातक खतरा, अनि परीवार जोखिममा परेको कारणले घरमा बढेको तनावलाई समाधान गर्ने मनोवैज्ञानिक सहायता नहुनाले, र बहुसंखिय महिलाहरुल कठीन काम गर्ने कामदारहरु हुने हुनाले, महिला यातायात कामदारहरुले कोरोना भाईरसको नकरात्मक असरहरु असमानुपातिक रुपमा भोग्नेछन्।

“हामीलाई पीपीई कीटहरुको अभाव छ र घरमा भाईरस लिएर जान्छौँ कि भन्ने डर छ, त्यसैले हाम्रा बच्चाबच्चीलाई हामीबाट टाढा राख्न हामी प्रयास गर्छौँ। यी चुनौतीहरु भएतापनि, सबैजनाको सरसफाई कायम राख्नमा महत्वपूर्ण भूमिका खेलेकोमा हामीलाई गर्व छ- रेलवे कामदार, भारत

महासन्धि सी १९० ले हिंसा एवं उत्पीडन र सोसँग सम्बन्धित मनोसामाजिक जोखिमहरुलाई स्वास्थ्य र सुरक्षा जोखिमको रुपमा पहिचान गर्छ र रोजगारदाताहरुको प्रतिनिधि एवं कामदारहरुको संगठनसँग परामर्श लिएर, विद्यमान व्यवसाहिक सुरक्षा र स्वास्थ्यका उपायहरुलाई विस्तार वा अनुकुलन गरी, हिंसा र उत्पीडनलाई सान्दर्भिक रा्ष्ट्रिय नीतिहरुमा समायोजन गर्ने शुनिश्चित गर्नको लागी सरकारले कदमहरु चाल्नु पर्छ भनेर महासन्धि सी १९० ले भन्दछ। (महासन्धि सी १९०- धारा ९,११,१२) 

कोभीड१९ प्रतिकार्यमा महिला कामदारहरुको सहभागिता समावेशिता    

कोभीड-१९ को विश्व अर्थतन्त्रमा दीर्घकालीन असर पर्नेछ भनेर हामीलाई थाहा छ, र सबैभन्दा अगाडी प्रभावित हुने जोखिम उन्मुख समूहहरु, सबैभन्दा बढी प्रभावित हुने महिलाहरु लगायत अन्य यस्ता समूहहरु हुनेछन्।

प्राध्यापक टेसा राईटले यातायात क्षेत्रलाई पनि समावेश गरी  लिङ्ग र पुरुष हावी क्षेत्रहरु, मा गरेको अनुसन्धानले भने जस्तै, सकरात्मक लैङ्गिक गतिविधिले, कडा परिश्रमको साथमा, विशेष सार्वजनिक वित्तका अवसरहरु, लगायत सार्वजनिक भौतिक संरचना र सेवा प्रदानार्थ कार्यरत नीजि वित्तलाई समेटेर, परियोजनाको मुख्य उद्देश्यको एउटा अंश हुनसकेमा, महिलाहरुको अवस्था सुधार गर्ने रणनीतिहरु सफल हुन्छन् भनेर हामीलाई थाहा छ। 

महामारीमा अघि बढ्दै गर्दा, अर्थतन्त्रको पुन:निर्माण गर्ने सरकारको महत्वपुर्ण जिम्मेवारी छ। सार्वजनिक एवं नीजि कोषहरुको माध्यमबाट उल्लेखनिय रुपमा आर्थिक उत्प्रेरणाहरु आएको अवस्थामा, मुख्य लगानी मापदण्डमा लैङ्गिक न्यायलाई समावेश गर्न जरुरी छ। उद्दार कोष, आर्थिक नीतिहरु, र बेरोजगारी बापत पाईने लाभहरुलाई वास्तवमै समावेशी बनाउनका निम्ति लैङ्गिक दृष्टिकोणबाट जानकारी प्रदान गर्नुपर्छ। त्यसैले कोभीड-१९ प्रतिकार्यका निम्ति लैङ्गिक प्रभाव मुल्याङ्कन सहित अन्य लैङ्गिक दृष्टिकोण पनि लागु गर्ने सुनिश्चित गर्नुपर्छ।  .

सिफारिस संख्या २०६ ले तथ्याङ्कको महत्वलाई पहिचान गर्छ। यसले, लैङ्गिकता, हिंसा र उत्पीडनको प्रकार, र आर्थिक गतिविधिका क्षेत्रहरु, लगायत जोखिम उन्मुख अवस्थामा रहेका समूहहरुको विशेषताको आधारमा विभाजित तथ्याङ्कको संकलन एवं प्रकाशनका निम्ति प्रयास गर्न राज्यलाई आग्रह गर्छ। कार्यस्थलमा हुने हिंसा र उत्पीडनलाई रोकथाम एवं सम्बोधन गर्नको निम्ति नीतिगत प्रतिकार्यहरुलाई जानकारी दिई अनुगमन गर्न जरुरी हुन्छ। (अनुच्छेद. २२ सिफारिस २०६)

‘दिगो व्यवसाय प्रवर्धन र हिंसा एवं उत्पीडन सँगसँगै जान सक्दैनन् र यसले कामको संगठन, कार्यस्थलको सम्बन्धहरु, कामदारको संलग्नता, व्यवसायको प्रतिष्ठा, र उत्पादनशीलतालाई नकरात्मक प्रभाव पार्दछ।’ (महासन्धि १९० प्रस्तावना) भनेर आईएलओले प्रकाश पारेको जस्तै, दिगो व्यवसायको लागी एउटा न्याययु्क्त, सुरक्षीत कार्यस्थलको वातावरण एवं कामदारहरु बिचको समानता अपरिकार्य हुन्छ र यसका निम्ति महासन्धि १९० ले निम्ति रुपरेखा प्रदान गर्छ।

महिला यातायात मजदुरहरुका अधिकारहरु र कोभीड-१९ सम्बन्धि आईटीएफको भागहरुको बारेमा थप जान्नको लागी यहाँ  जानुहोस्।  

आईटीयूसीले निम्न कुराहरु समावेश गरी केही सामाग्रीहरु तयार पारेको छ: 

  • सामाजिक संजालको ग्राफिक्सहरु र जीफहरु( GIFs)
  • प्राय सोधिने प्रश्नहरु (FAQs)
  • सी १९० सम्बन्धि छोटो निर्देशन
  • सरकारसँग पैरवी गर्न( लोबिईङ्) नमुना पत्र

समस्त सामाग्रीहरु https://www.ituc-csi.org/GBV मा उपलब्ध छन्।

आईटीएफ सी १९० अभियानको बारेमा थप जान्नको लागी, तपाईँको संगठन वा सरकारको यससँग सम्बन्धित गतिविधिहरुको बारेमा जानकारी पाउन, वा यसमा संलग्न हुनको निम्ति, हामीलाई women@itf.org.uk मा पत्राचार गर्नुहोस्।